शनिबार, पुष २७, २०८१
03:33
|
०९:१८
उपराष्ट्रपतिसंगको भेटमा बेलायती राजदूतले भनिन्, ‘गोर्खा वार्ता सकारात्मक छ’
रासस
मे ३, २०२३
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।
सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए ।
यादवले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कने विश्वास समेत व्यक्त गरेका थिए । प्रतिउत्तरमा राजदूत पोलिटले गोर्खा सैनिकले पुरयाएको योगदानका लागि आभार प्रकट गर्दै भूपू गोर्खा सैनिकको मागका विषयमा भएका वार्ता सकारात्मक ढंगले अघि बढिरहेको बताएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५