नेपाली क्रिकेटमा ऐतिहासिक सफलता, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर
काठमाडौं । नेपाल काठमाडौंमा सम्पन्न एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एशिया कप क्रिकेटमा छनोट भएको छ ।
मंगलबार फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले यही वर्षको सेप्टेम्बरमा हुने एसिया कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ ।
नेपालले ऐतिहासिक जीत हासिल गर्ने क्रममा यूएईले दिएको ११८ रनको लक्ष्य ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर प्राप्त गरेको थियो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की पनि ३६ रनमा नटआउट रहे।
सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुवात भने खराब गरेको थियो । २२ रन जोड्दा तीन विकेट गुमाइसकेको घरेलु टोली गुल्सन र भीमको महत्वपूर्ण साझेदारीमा जीतसम्म पुगेको हो ।
एसीसी प्रिमियर कप जितेसंगै नेपाललाई आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशियाकपमा खेल्ने अवसर मिलेको छ जसको समूह चरणमै नेपालले भारत र पाकिस्तानसँग भिड्नेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५