आइतबार, पुष २८, २०८१
22:55 | ०४:४०

अनेसास यूकेले मनायो पारिजात जयन्ती

नेपाली लिङ्क मे १, २०२३

लण्डन- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले अप्रिल २९ तारिख शनिबार ८६औं पारिजात जयन्ती भव्यताका साथ मनाएको छ। 

कार्यक्रममा संयोजक डा. रुपक श्रेष्ठबाट कार्यक्रमबारे संक्षिप्त जानकारी गराउंदै आमन्त्रित अतिथिहरूको संक्षिप्त परिचय दिइएको थियो भने उपाध्यक्ष माया गुरुङले स्वागत गरेकी थिइन्। 

महासचिव मन्जु भण्डारी तथा कोषाध्यक्ष प्रतिमा केसीद्वारा संचालित सो कार्यक्रममा जूम होस्टको भूमिका कुमार केसीले निभाएका थिए।

कार्यक्रममा ‘पारिजात स्मृति केन्द्र’ का निवर्तमान अध्यक्ष वरिष्ठ कवि स्नेह सायमीले प्रमुख आतिथ्य प्रदान गरी पारिजात र उनको नाममा स्थापित संस्थाका बारेमा मन्तब्य राखेका थिए।

विशेष अतिथि अनेसास केन्द्रिय अध्यक्ष गोवर्धन पूजाले यूके शाखाको सशक्त कार्यक्रमहरुको चर्चा गर्दै उक्त अन्तरराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेकोमा बधाई तथा सफलताको कामना गरे।

विशेष अतिथीहरु सिक्किमबाट प्रा. डा. कविता लामा, दार्जिलिङबाट वरिष्ठ साहित्यकार बिन्द्या सुब्बाले पारिजातसंगको आ-आफ्ना अन्तरंगी रमाइला सन्दर्भहरु उप्काउंदै पारिजातको साहित्य र साहित्यिक प्रभावबारे आ-आफ्ना विचार राखे।

सिलिगुढीबाट लतिका जोशी, पोखराबाट प्राज्ञ सरास्वती श्रेष्ठ ‘सरु’, पोखरा मुक्तक मन्चका पूर्व अध्यक्ष, सरू लामिछाने, काठमान्डुबाट विशिष्ट गजलकार मन्दिरा मधुश्री, अनेसास पोर्चगल च्याप्टरका अध्यक्ष साबी श्रेष्ठ, अनेसास यूकेका सल्लाहकार सुमल कुमार गुरुङ, माया गुरुङ, प्रतिमा केसी, कुमार केसी, प्रतिमा केसी, राज श्रेष्ठ, लय प्रसाईं, धिरज कुमार श्रेष्ठ, नानु राना, रुपक श्रेष्ठ, दुर्गाप्रसाद पोख्रेलले आ-आफ्ना र पारिजातका सिर्जनाहरु वाचन गरेका थिए। 

सभापति राज श्रेष्ठले सम्पूर्णमा गरिमामय उपस्थिति, वैचारिक वहस तथा रचना वाचनका लागि आभार प्रकट गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू