सोमबार, मंसिर १०, २०८१
12:38
|
१८:२३
विश्वमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ९८ लाखभन्दा बढी
विश्वभर ५३ लाख ६० हजार ८ सय ५६ जना 'डिस्चार्ज'
नेपाली लिङ्क
जुन २७, २०२०
लन्डन । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९८ लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ८४ हजार २४९ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्याङ्कमा २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण नयाँ सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६७ हजार ५६ थियो भने पाँच हजार ३३६ जनाको मृत्यु भएको थियो ।
विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ, यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान त्यसपछि प्रभावित छन् ।
विश्वको बढी प्रभावित १० मुलुकहरू
अमेरिका–२४,६७,५५४
ब्राजिल –१२,७४,९७४
रूस– ६,१९,९३६
भारत–५,०८,९५३
बेलायत–३,१०, ८३६
पेरू– २,७२,३६४
चिली–२,६३,३६०
स्पेन–२,४७,९०५
इटाली–२,३९,९६१
चीन–८५,१७२
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ