शनिबार, पुष २७, २०८१
06:08 | ११:५३

चितवनमा रविको अग्रता कायम

रासस अप्रिल २४, २०२३

चितवन । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बनाउँदै गएका छन् ।

आज राति १०:३० बजेसम्म इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर महानगरपालिको वडा १, २, ३ को गणना सम्पन्न हुँदा लामिछानेले १२ हजार पाँच सय ४० मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले तीन हजार पाँच सय ७० र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले तीन हजार पाँच सय ५५ मत प्राप्त गरेको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

हालसम्म २० हजार तीन सय ३१ मत गणना हुँदा तीन सय ८३ बदर भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू