गण्डकी प्रदेशका मुख्यमन्त्रीले गुमाए विश्वासको मत
गण्डकी, ९ वैशाख–गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् ।
प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो ।
अधिकारीले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो । प्रस्तावका पक्षमा नेकपा (एमाले) का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जनाले मतदान गरेका थिए । विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक गरी ३५ मत गरेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका आठ जना सभा सदस्यमध्ये एक सभामुख छन् ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्ने छ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५