आइतबार, पुष २८, २०८१
02:03 | ०७:४८

आमाहरुलाई सम्मान गर्दै ओएनएफ बेलायतले गर्‍यो विशेष कार्यक्रम

नेपाली लिङ्क अप्रिल २२, २०२३

लण्डन । प्रवासी नेपाली मन्च (ओएनएफ) बेलायतले बिहिबार साउथ इस्ट लण्डनमा माता तीर्थ औंसी (आमाको मुख हेर्ने) दिन पारेर विशेष कार्यक्रम गरेको छ । 

ओएनएफ यूके अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक विभागले करिव ३० जना जेष्ठ आमाहरुलाई फूल र दोसल्ला ओढाइ सम्मान गरेको हो ।

विभाग प्रमुख सुदेशा बजगाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित आमाहरुलाई पनि फूल र उपहार प्रदान गरिएको थियो । 

कार्यक्रममा ओएनएफ यूके अध्यक्ष तुगंभद्र भुसाललगायको विशेष उपस्थिति थियो । जीवन बिज्ञान यूके प्रशिक्षक सरिता शर्माले संचालन गरेको कार्यक्रमको सुरुवातमा अतिथिहरुलाई पन्चकन्याबाट फुल र खादा दिंदै राष्ट्रिय गानबाट शुरु भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मंच यूके अध्यक्ष भुसालले विदेशमा पनि आमाहरुप्रति सम्मान गर्ने जस्ता कार्यक्रमले नेपालीपन झल्कने बताए । उनले यस्ता कार्यक्रमले जनमानसमा संगठनप्रति सकारात्मक सोच रहने धारणा राखे । 

ओएनएफ अन्तरराष्ट्रिय कमिटीका उपसचिव कर्ण शाहीले माता तीर्थ औंसीको महत्व विदेशमा धेरै रहेको बताए ।

अन्तरराष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठीले सम्पूर्ण आमाहरु प्रति सम्मान ब्यक्त गरिन् । 

कार्यक्रममा स्थानीय काउन्सिलर जित रानाभाटले सम्पूर्ण आमाप्रति आदरभाव प्रकट गरे । उनले स्थानीय तहमा कुनै समस्या भए सम्पर्क राख्न अनुरोध गरे ।

उपस्थित आमाहरुको तर्फबाट धनमाया गुरुङले सम्मानप्रति आभार प्रकट गरिन् । कार्यक्रममा लिला रेग्मी तथा रुक्मिणी मानन्धरले आमाहरुप्रति सम्मान प्रकट गर्दै कविता वाचन गरेका थिए।

उक्त कार्यक्रम सम्पन्न गर्न २१ जनाले आर्थिक तथा भौतिक सहयोग गरेका थिए । कार्यक्रमको आर्थिक संकलन, सहजीकरण र समन्वय ओएनएफ यूके सचिव पून्य रेग्मीले गरेका थिए । 

कार्यक्रममा मंचका क्षेत्रीय अध्यक्ष अर्क तिम्सिना, सचिव पंकज बजगाईं र युरोपियन कमिटी सदस्य केदार थपलियालगायको विशेष सहयोग थियो । 

कार्यक्रमकी अध्यक्ष सुदेशा बजगाईंले उपस्थित आमाहरुप्रति सम्मान प्रकट गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिन् 

कार्यक्रमको समापनमा केक काट्दै उपस्थितलाई भोजन गराइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू