सोमबार, मंसिर १०, २०८१
04:56 | १०:४१

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता

रासस-एएनआई अप्रिल २०, २०२३

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेनसंग हवाइट हाउसमा । फाइल तस्बिर- सिन्हवा

वासिङ्टन, ७ वैशाख–संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।

प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री छन् ।

भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।

सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी–ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी–ट्याङ्क माइनहरू र एटी–४ एन्टी–आर्मर हतियारहरू पनि समावेश रहेको बताएका छन् । उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रूसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ।

युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी शहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको अमेरिकी अधिकारीहरूको बुझाइ छ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका प्रमुखहरूलाई विश्वभर रहेको रूसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् । बुधवार (स्थानीय समय) विश्व बैङ्क र आईएमएफद्वारा आयोजित भर्चुअल गोलटेबलमा जेलेन्स्कीले सो आह्वान गरेका हुन् ।

साथै विश्व बैङ्कले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाका लागि आज २०० मिलियन अमेरिकी डलर अनुदान घोषणा गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू