आइतबार, पुष २८, २०८१
01:52 | ०७:३७

यतीको २९ औं कार्यसमिति जुर्मुरायो, नयाँ वर्ष मनाउने व्यापक तयारी

नेपाली लिङ्क अप्रिल १९, २०२३

लन्डन । ६० वर्ष भन्दा लामो ऐतिहासिक विरासत बोकेको युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसनको २९ औं कार्यसमिति जुर्मुराएको छ ।

केहि समयसम्म निष्क्रिय जस्तै देखिएको संस्थाको नेतृत्व अध्यक्ष पिपला देवानको कांधमा आएपछि संस्थाले पृथक गतिविधि गर्न खोजेको छ । यतीको नयाँ कार्यसमितिमा अधिकांश सदस्य युवा छन् ।

कार्यसमितिले आफ्नो कार्यकालमा गर्ने विभिन्न कार्यक्रमहरुको ढाचा अनुरुप पहिलो कार्यक्रम नेपाली नयाँ वर्ष २०८० व्यापक गरि मनाउने निर्णय गरेको छ ।

कार्यक्रम १२ बैशाख अर्थात २९ अप्रिल हेजस्थित The Claretian Oasis, Botwell Lane, UB3 2AB मा साँझ ५ देखि ११ बजेसम्म गरिने भएको छ ।

‘नयाँ वर्ष शुभकामना साँझ (वृहत सांस्कृतिक कार्यक्रम)’ नाम दिइएको कार्यक्रम चार चरणमा गर्ने योजना बनाइएको कार्यसमितिका महासचिव टंक भट्टराईले जानकारी दिए ।

छोटो औपचारिक कार्यक्रमबाट शुरु गरिने कार्यक्रमको दोस्रो चरणलाई समितिको सांस्कृतिक उपसमितिले सम्हाल्ने छ जस अन्तर्गत नेपालबाट आएका ४ जना कलाकारको प्रस्तुतिसाथै स्थानीय कलाकारहरुको सांस्कृतिक झलक झल्काउने नृत्य रहने छ ।

नेपालबाट आएर प्रस्तुति दिने कलाकारहरुमा बबिता बानिया (जेरी), साहिमा श्रेष्ठ, पृथ्वी गुरुङ र कृष्ण काफ्ले छन् भने स्थानीय कलाकार मिलन जलनको पनि प्रस्तुति रहने छ । स्थानीय ब्यवसायिक कलाकारहरुले घाटु, लाखे, झ्याउरे, राष्ट्रिय गीत, कुमारी नृत्य, टप्पा, शेर्पा, कथ्थक लगायत रहने मौलिक नृत्य प्रस्तुत गर्ने जानकारी सांस्कृतिक सचिव पूर्णबहादुर थापा (दिपक मैथाने) ले दिए ।

तेस्रो चरणमा राफल चिठ्ठा खोलिनेछ भने चौथो चरणको डिजे डान्स पछि कार्यक्रम समापन हुनेछ ।

महासचिव भट्टराईका अनुसार राफल चिठ्ठामा पहिलो पुरस्कार १ तोला सुन, दोस्रो आधा तोला सुनसहित ५ वटा विभिन्न आकर्षक पुरस्कार छन् ।

कार्यक्रमको मुख्य उद्देश्य पाश्चात्य मुलुकमा पनि नेपाली गीत संगीत अनि संस्कृतिको जगेर्नामा लागेका कलाकारलाई प्रोत्साहन गर्नु रहेको महासचिव भट्टराईले बताए ।

नेपाली समुदायले गरेका कार्यक्रम महंगो बन्दै गरेको अवस्थामा यतीले एडभान्समा टिकेट लिए १५ पाउण्डमात्र र कार्यक्रमकै दिन लिनु परे २० पाउण्ड लाग्ने जनाएको छ । टिकेट खरिदपछि दुई कोर्स नेपाली खाना उपलब्ध गराइने छ ।

कार्यक्रममा करिब ४०० देखि ५०० दर्शक जुटाउने लक्ष्य यतीको छ । कार्यक्रमका फोटो र भिडियो संस्थाको आफ्नै युट्युब च्यानलमा पनि अपलोड गरिने छ ।

कार्यक्रमको अधिकांश खर्च प्रायोजकहरुबाट उठाउने योजना यती नेपाली एसोसिएसनले बनाएको छ । कार्यक्रमको प्रमुख प्रायोजक संस्थाकै खेलकुद सचिव राज पाण्डे प्रमुख रहेको ब्यवसायिक संस्था माया सपोर्टेड लिभिङ छ भने अन्य विभिन्न ब्यवसायिक संस्थाहरु सह प्रायोजक र प्रायोजकमा छन् ।

प्रायोजकहरुको प्रवर्धनका लागि बेग्लै समिति बनाएर काम भइरहेको र चांडै नै समुदायलाई जानकारी गराइने महासचिव भट्टराईले जानकारी दिए ।

संस्थाकी अध्यक्ष पिपला देवान पाण्डेले ऐतिहासिक संस्थाले गर्न लागेको वृहत कार्यक्रममा सहभागी भएर नेपाली सांस्कृतिक जगेर्ना र हौसला प्रदान गर्न नेपाली लगायत अन्य समुदायलाई आह्वान गरेकी छिन् । उनले विभिन्न ब्यवसयिक संस्थालाई आफ्नो व्यवसायिक प्रवर्धनका लागि प्रायोजन गर्न अनुरोध गरेकी छन् ।

अहिलेको कार्यसमिति केहि नयाँ तरिकाले कार्य गर्न इच्छुक रहेको देखिएकाले पनि यतीको विरासत पहिलेकै रुपमा फर्कने आशा आफूहरुमा रहेको पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार उमेश मोक्तानले बताए ।

स्पोन्सर गर्न इच्छुक संस्थाले महासचिव टंक भट्टराई, उपमहासचिव आशिषराज पन्त, कोषाध्यक्ष पुण्य रेग्मी वा स्वयं अध्यक्ष देवानलाई सम्पर्क गर्न सकिने यतीले जनाएको छ ।

सामूहिक अथवा व्यक्तिगत रुपमा टिकट लिन चाहनेले कार्यसमितिका निम्न सदस्यहरुसंग सम्पर्क गर्न सक्नेछन् ।

सुष्मा पौडेलः ०७५८४४२५७७९

आशिषराज पन्तः ०७७११९८९६४८

मीना प्रधानः ०७४८४६६८६४३

जेनिश गिरीः ०७४१५९२५१००

पुण्य रेग्मीः ०७४६८५३६५६४

राज पाण्डेः ०७७२७१८१८०८

आशिष महर्जनः ०७७०४५११४३७

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू