आइतबार, पुष २८, २०८१
01:58 | ०७:४३

साउथवेष्ट नेपाली समाज यूकेले मनायो नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल १८, २०२३

लण्डन – साउथवेष्ट नेपाली समाज यूकेले नेपाली नयाँ वर्ष विशेष समारोहबीच मनाएको छ । समाजले अप्रिल १७ तारिख सोमबार रेल वे क्लव सभाहलमा नयाँ वर्ष मनाएको हो ।

कार्यक्रम उद्घाटन समाजका अध्यक्ष दिपक ढकाल र वरिष्ठ उपाध्यक्ष किसन जिसीले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए ।

नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायक रमेशराज भट्टराई, गायिका सम्झना भण्डारी र मोडल करिश्मा ढकालको विशेष परफर्मेन्ससहित आयोजित उक्त कार्यक्रममा करिव दुई सय नेपाली सहभागी थिए । 


कार्यक्रममा कलाकारहरुले गीत र नाच प्रस्तुत गरेर मनोरन्जन प्रदान गरे । स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति थियो ।  

समाजका सिनियर सदस्य कमल दाहालले संचालन गरेको कार्यक्रम समाजका अध्यक्ष दिपक ढकालको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा स्थानीय काउन्सिलर चाज सिंह, नेपालबाट आएका मानवसेवा अश्रमका सल्लाहकार, संस्थाका वरिष्ठ उपाध्यक्ष किसन जिसी लगायतले शुभकामना दिएका थिए ।  

नेपाली पहिचान, कला संस्कृति जगेर्ना र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक किसन जिसीले जनाए ।


कार्यक्रम सफल बनाउन साउथवेष्ट नेपाली समाजका सम्पूर्ण पदाधिकारीले विशेष भूमिका निर्वाह गरे । सदस्य पम्फा खड्का, महिला उपाध्यक्ष सोबना पोख्रेललगायत टिम बिहानैदेखि खटिएको थियो । संस्थाका कोषाध्यक्ष राजेन्द्र कुँवरले सम्पूर्ण आर्थिक जिम्मेवारी वहन गरेका थिए ।  

अन्तमा, डिजे हेम बिष्टले विभिन्न डान्सिङ नम्बर गीत प्रस्तुत गर्दै थप मनोरन्जन दिलाएका थिए भने खाना एभरेष्ट किचनले व्यवस्था गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू