शनिबार, पुष २७, २०८१
09:45
|
१५:३०
प्रहरीको पेस्तोल पड्किएर पूर्वमन्त्री पुनकी आमा घाइते
रासस
अप्रिल १५, २०२३
काठमाडौं । काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् ।
प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घट्ना घटेको ज्ञवालीले बताए ।
प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५