आइतबार, पुष २८, २०८१
01:50 | ०७:३५

बेलायत बसोबास गर्ने ५ व्यक्तित्वलाई राष्ट्रपतिद्वारा मानपदवी

नेपाली लिङ्क अप्रिल १४, २०२३

लण्डन – बेलायतमा बसोबास गर्ने ५ जना वरिष्ठ व्यक्तित्वलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मानपदवी प्रदान गरेका छन् ।

नयाँ वर्ष बैशाख १ गते शितल निवासमा आयोजित एक समारोहमा सम्मानित हुनेहरुमा प्रा. डा. सूर्यप्रसाद सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य तथा व्यवसायी पशुपति भण्डारी छन्। 

त्यसैगरि, लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाललाई प्रबल जनसेवा श्री तथा समाजसेवी लक्ष्मी राई (लारा) लाई जनसेवा रत्न पदक प्रदान गरिएको छ 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान गरिएको छ । 

अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सुवेदीले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनका विषयमा सल्लाह दिंदै आएका छन् । 

त्यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवा श्री पदक प्रदान गरिएको छ। आचार्य बेलायतस्थित होली काउ समूहका अध्यक्ष पनि हुन्। 


बेलायतस्थित सफल व्यवसायी पशुपति भण्डारीलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री पदक प्रदान गरिएको छ। उनले बेलायतका साथै नेपालमा पनि हस्पिटालिटी क्षेत्रमा थुप्रै व्यवसाय सञ्चालन गरेका छन् । 

राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् ।


राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू