आइतबार, पुष २८, २०८१
01:50 | ०७:३५

ओएनएफ यूके प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्याय

नेपाली लिङ्क अप्रिल १३, २०२३


लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्यायलाई चयन गरेको छ ।

गत आइतबार बसेको ओएनएफ यूके कार्यसमिति पूर्ण बैठकले उपाध्यायलाई सर्वसम्मत सल्लाहकार चयन गरेको हो ।

ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकमा डा. उपाध्यायलाई प्रमुख सल्लाहकारको भूमिकामा राख्न प्रस्ताव गरिएकोमा सबैले समर्थन गरेका थिए । 

वाम आन्दोलनकर्ता तथा सामाजिक अभियन्ता डा. उपाध्याय नेपालको २०३६ तथा २०३७ सालदेखि विद्यार्थी आन्दोलन हुँदै मानव अधिकारको क्षेत्रमा रास्ट्रिय अन्तररास्ट्रिय संगठनहरुमा रहेर काम गरिरहेका छन् ।

नेपाल, थाइल्यान्ड, बेलायत तथा नर्वेलगायत मुलुकमा काम गरेका उनले लन्डन विश्वविद्यालयको स्कुल अब ओरिएन्टल एन्ड अफ्रीकन् स्टडिस (सोआस) बाट अन्तररास्ट्रिय मानवीय कानुन र नेपालको माओवादी आन्दोलनमा विध्यावारिधि र थाइल्यान्डको माहिडोल विश्वविद्यालयबाट मानव अधिकारमा एमए गरेका छन् ।

नेपालमा रहंदा राजनीतिमा समेत सकृय उनी केही समय बेलायतमा समेत सकृयतापूर्वक साँगठनिक काममा लागेका थिए ।

गैरआवासीय नेपाली अभियानमा समेत नेतृत्वदायी भूमिकामा बसेका उपाध्याय एनआरएन यूकेको प्रथम निर्वाचित महासचिव हुन् । डा. उपाध्यायले हाल परामर्शदाताको रुपमा पनि काम गरिरहेका छन् ।

नेपालको २०६२-२०६३ सालको जनआन्दोलनमा बेलायतस्थित राजनीतिक दलहरुको भातृ संस्थाहरु तथा सामाजिक संघसंस्थाहरुलाई समेटेर सोलिडारिटी यूके गठन गरि प्रवासमा समेत नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गरिएको थियो जसको नेतृत्व डा. उपाध्यायले गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू