आइतबार, पुष २८, २०८१
01:55 | ०७:४०

चितवन परिवार यूकेले वार्षिक भेटघाटसंगै मनायो नयां वर्ष

नेपाली लिङ्क अप्रिल ११, २०२३

मिचेट (यूके) । चितवन परिवार यूकेको वार्षिक भेटघाट तथा नेपाली नयाँ वर्ष २०८० शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गत ८ अप्रिल शनिबार बेलायतको सरे मिचेटस्थित तमु नेपलिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।

औपचारिक कार्यक्रमको प्रारम्भमा चितवन परिवार यूकेका सचिव निसा शर्माले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएपछि कोरोना महामारीको समय देखि वर्तमानसम्म आउंदा दिवंगत भएका स्वर्गीय सदस्यहरुको सम्झनामा दुई मिनेट मौन धारण गरिएको थियो।

चितवन परिवार यूकेका अध्यक्ष मित्र गुरुङको सभापतित्वमा सचिव निसा शर्माले सञ्चालन गरेको कार्यक्रमको शुभारम्भ अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष डम्बर गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरि नेपाली राष्ट्रिय धुन बजाएर गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष गुरुङले स्वागत तथ धन्यबाद मन्तब्य दिए । त्यसैगरि सल्लाहकार शिवशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बर गुरुङ र पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार धन लामाले शुभकामना मन्तब्य राख्दै उपस्थित सबैलाई नव वर्ष २०८० को शुभकामना दिए ।

संयुक्त अधिराज्य बेलायतको विभिन्न स्थानमा रहेका चितवनेहरुको अत्यधिक संख्यमा उपस्थिति रहेको उक्त वार्षिक कार्यक्रमको पहिलो चरणमा कोभिडका कारण लामो समय थाती रहेको निवर्तमान अध्यक्ष बल बहादुर लामा लगायत निवर्तमान कार्यसमितिका पदाधिकारीलाई विदाई र वर्तमान अध्यक्ष मित्र गुरुङ लगायत कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो।

त्यसपछि नयां आजीवन सदस्यहरुलाई अध्यक्ष मित्र गुरुङले खादा लगाई स्वगत तथा सम्मान गर्दै चितवन परिवार यूकेको लोगो अंकित आजीवन सदस्यता ब्याज वितरण गरेका थिए।

त्यसैगरि संस्थाका नयां साधारण सदस्यहरु, विगत तीनवटा शैक्षिक सत्रमा सफलतापूर्वक स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरि दीक्षित भएका विद्यार्थी, विभिन्न क्षेत्रमा प्रशंसनीय कार्य गरि उल्लेखनीय सफलता प्राप्त गरेका ब्यक्तित्व, विभिन्न शीर्षकमा आर्थिक सहयोग गर्ने चन्दादाता, राफल ड्र पुरस्कारका प्रायोजकहरु र कार्यक्रममा निशुल्क पेय पदार्थ उपलब्ध गराउने प्रायोजकहरुलाई पनि अध्यक्ष गुरुङले बधाइ र धन्यवाद ब्यक्त गर्दै खादा लगाएर सम्मान गरेका थिए।

त्यसैगरि अध्यक्षले चितवनकी चेली राष्ट्रिय खेलकुद परिषद फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङलाई खादा लगाई विशेष सम्मान गरे । सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बर गुरुङ, पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार धन लामा, पूर्व अध्यक्ष काजी गुरुङ, निवर्तमान अध्यक्ष बल बहादुर लामा र सल्लाहकार शिवशरण गुरुङले सहयोग गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा विविध सांस्कृतिक तथा मनोरन्जनका कार्यक्रम भयो । लक्ष्मण गुरुङ र राजेश गुरुङको संयोजनमा पूर्ण गरुङ र सकुन गुरुङले संचालन गरेको सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रममा गीत, संगीत तथा नृत्य प्रस्तुत गरियो ।

कलाकारहरु ममता गुरुङ, पूर्ण गुरुङ, सकुन गुरुङ, नवीन गुरुङ, संगीता गैरे, तारा गुरुङ, आयुष्मा फगामी, रुपा श्रेष्ठ, सुमन चौधरी, टंक शेरचन र अतिथि कलाकार सागर गुरुङले विभिन्न प्रकारका सुमधुर गीत र नृत्यहरु प्रस्तुत गरेर सबैलाई भरपुर मनोरन्जन गराए । सबै कलाकारहरुलाई संस्कृतिक कार्यक्रमको अन्तमा अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गर्दै खादासहित सम्मान गरेका थिए ।

अतिथि कलाकार लोकगायक सागर गुरुङलाई पनि खादा लगाई सम्मान गरियो ।

कायक्रमको अन्तिम चरणमा मनोरन्जनका निम्ति राफल ड्र गरिएको थियो । राफल ड्रमा थुप्रै आकर्षक पुरस्कारसंगै कालिका रिक्रुटमेन्ट एजेन्सी लिमिटेड बाट प्रायोजित नगद २०८ पाउण्ड प्रथम पुरस्कार थियो। युवा समूहको सहयोगमा अध्यक्ष गुरुङ र युथ कोर्डिनेटर शशी लामाले संयोजन गरेको राफल ड्रको सञ्चालन पूर्ण गुरुङ र सकुन गुरुङले गरेका थिए। कुल १८ वटा पुरस्कार रहेको राफल ड्रको प्रथम पुरस्कार भुमा गुरुङले जितिन् ।

कार्यक्रममा खाना व्यवस्थापन खाद्य संयोजक हिमाली गुरुङ र उत्तम क्षेत्रीको संयोजनमा गोर्खा किचेनले गरेको थियो । पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार धन लामाले कार्यक्रम अवधिभर चिया प्रायोजन तथा व्यवस्थापन गरेका थिए।

त्यसैगरि मिन लामाको संयोजन र युवा समूहको व्यवस्थापनमा विभिन्न सदस्यले स्वस्फूर्तरुपमा प्रायोजन गरेको पेय पदार्थ सबैलाई निशुल्क उपलब्ध गराइएको थियो ।

कार्यक्रममा प्रवेश टिकट तथा अर्थ व्यवस्थापन कोषाध्यक्ष भक्त क्षेत्री र निवर्तमान अध्यक्ष बल बहादुर लामा तथा साउन्ड सिस्टम व्यवस्थापन टंक शेरचनले गरेका थिए।

मध्यान्ह १२ बजे आरम्भ भएको वार्षिक भेटघाट र नेपाली नयाँ वर्ष कार्यक्रम सांस्कृतिक माहोलमा रम्दै राती १०:३० समापन भएको थियो ।-शिवशरण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू