बीसीसी यूकेद्वारा खेन्पो गुरुहरुको स्वागत तथा विदाई
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खेन्पो गुरुहरुको स्वागत तथा विदाई गरेको छ । गत आइतबार ९ अप्रिलका दिन खेन्पो फूर्वा तेन्बाको स्वागत तथा खेन्पो टासी छिरिङ्गको विदाई गरिएको हो ।
बीसीसी यूकेको निमन्त्रणामा गत अक्टोबरमा बेलायत आएका सेचेन गुम्बाका खेन्पो टासीलाई गत २ अप्रिलका दिन बीसीसी यूकेले औपचारिक रुपमा विदाई गरेको भएपनि नेपाल फर्कने क्रममा आइतबार दिउँसो पनि विदाई गरियो ।
सो पश्चात सोही दिन बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका सेचेन गुम्बाका खेन्पो पूmर्वा तेन्बालाई बीसीसी यूके गुम्बामा स्वागत गरिएको थियो ।
उनीहरुको स्वागत तथा विदाईमा बीसीसी यूकेका अध्यक्ष हर्क गुरुङ, धर्म गुरु टुल्कु जिग्मे सामतेन, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष धर्म तामाङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, वरिष्ठ उपाध्यक्ष आङदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देव घले, महासचिव मेजर हितमान गुरुङ, कोषाध्यक्ष मेजर शंकर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा सचिव एवं प्रवन्धक शारदा गुरुङ, प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङलगायतको उपस्थिति थियो ।
त्यस्तै, खैबा तीर्थ गुरुङ, लामा सानो लामा, आमाहरु, सल्लाहकारलगायत भक्तजनहरुको उपस्थिति थियो ।
खेन्पो टासीले बीसीसी गुम्बामा रहेर बौद्ध दर्शन, पूजा विधिलगायत विषयमा अध्यापन गराएका थिए । उनले बौद्ध ग्रन्थहरुको अनुवाद, पूजापाठ, कर्मकाण्ड, हेरकोरलगायत भक्तजनहरुसंग साक्षात्कार गरेका थिए ।
साथै, केही महिनाका लागि बेलायत आएका खेन्पो फूर्वा तेन्बाले समेत बौद्ध धर्म ग्रन्थहरुको अनुवाद गर्ने, बौद्ध धर्मसंग सम्बन्धित पुस्तकहरु अध्यापन गर्ने, पूजापाठ तथा कर्मकाण्ड गरेको बीसीसी यूकेले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५