आइतबार, पुष २८, २०८१
04:04 | ०९:४९

नारी मिलन महिला समूह यूकेले मनायो नयां वर्ष

नेपाली लिङ्क अप्रिल १०, २०२३

लन्डन । बेलायतस्थित नारी मिलन महिला समूह यूकेले नेपाली नयां वर्ष २०८० लाई स्वागत गर्दै एक कार्यक्रम गरेको छ ।

तमु समाज बेलायतको प्रेक्षालयमा हालै आयोजित नयां वर्ष कार्यक्रममा करिब एक सयजना दिदीबहिनी सहभागी थिए । सहभागीले शुभकामना आदानप्रदानसहित हर्षोल्लासका साथ नयां वर्ष आगमनको स्वागत गरे ।

सन् २०१५ मा स्थापित समूहले नेपाली नयां वर्ष, दशैं तिहार, तीज लगायत नेपालका प्रमुख चाडपर्व निरन्तर मनाउंदै आएको अध्यक्ष विद्यादेवी गौतम विश्वकर्माले जनाइन् ।

समूहमा २७ जना महिला आवद्ध छन् जसअनुसार अध्यक्ष विद्यादेवी गौतम विश्वकर्मा, उपाध्यक्ष कमला गुरुङ, कोषाध्यक्ष शारदा कार्की, सचिव सुनिता गुरुङ, सहसचिव सरु राई लगायतको क्रियाशिल टिम छ ।

‘नारी मिलन महिला समूह अरु संघसंस्था भन्दा अलिक भिन्न छ । हाम्रो समूहमा कुनै राजनीति, जात धर्म वा भेदभाव छैन्’, अध्यक्ष विद्याले भनिन्, ‘हामी नेपाली हौं । जहां बसेपनि नेपालीपन हराउंनु हुदैन र नयां पुस्तालाई नेपालीपनको महशुस गराउनु पर्छ भन्ने हाम्रो उद्देश्य छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू