पर्वत वेलफेयर सोसाइटी यूके नयां वर्ष मनाउने तयारीमा
लन्डन- पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष २०८० मनाउने भएको छ । आउँदो ३० अप्रिल साँझ अल्डरसटस्थित प्यालेस रेष्टुरेन्ट हलमा कार्यक्रम तय भएको हो ।
वरिष्ठ उपाध्यक्ष सुरज पौडेलका अनुसार नयां वर्ष कार्यक्रममा नेपालबाट आएका कलाकारहरु साहिमा श्रेष्ठ र रमिला न्यौपाने तथा स्थानीय कलाकार बाबुराम भुसालको प्रस्तुति रहनेछ ।
नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदानसहित गर्न लागिएको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई प्रमुख अतिथी निम्त्याइएको छ ।
सोसाइटीकी अध्यक्ष अप्सरा गुरुङले कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदानसहित रमाइलो गर्न सबैमा अनुरोध गरेकी छन् ।
कार्यक्रममा प्रवेश शुल्क २० पाउन्ड राखिएको छ । एडभान्समा लिनेलाई १५ पाउन्ड, १२ वर्ष मुनिकालाई हाफ प्राइस र ५ वर्ष मुनिकालाई निशुल्क हुनेछ ।
सोसाइटीमा नयां कार्यसमिति आएपछि हुन लागेको यो संस्थाको पहिलो सार्वजनिक कार्यक्रम हो ।
कार्यक्रम सफल बनाउन अध्यक्ष गुरुङ, वरिष्ठ उपाध्यक्ष सुरज पौडेल, उपाध्यक्षहरु भरत पौड्याल र विक्रम मल्ल, महासचिव सञ्जय भण्डारी, सचिवद्वय भक्त राना र गंगा क्षेत्रीलगायत समस्त कार्यसमिति जुटेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५