बेलायतका नेपालीले टर्की र सिरियाका भूकम्पपीडितलाई गरे सहयोग
लन्डन । बेलायतका नेपालीले टर्की र सिरियामा हालै गएको विनाशकारी भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ ।
इष्टली गोर्खा नेपलिज एसोसिएसनले ६७१ पाउण्ड र मद्दत समूहले ६३९ पाउण्ड संकलन गरि बीबीसी साउथ रेडियोमार्फत पीडितलाई दिएका छन् ।
इष्टली गोर्खा नेपलिज एसोसिएसनका वर्तमान अध्यक्ष तथा मद्दत समूहका संस्थापक अध्यक्ष कमलबहादुर पूर्जाले गत १ अप्रिलका दिन हाइब्रीज फार्म, इष्टलीमा बीबीसी साउथ रेडियोका पत्रकारलाई संकलित चन्दा हस्तान्तरण गरेका हुन् । अध्यक्ष पूर्जाले रकम सानो भएपनि आफूहरुको मन ठूलो भएको बताए ।
अध्यक्ष पूर्जाले बीबीसी साउथ रेडियोका प्रतिनिधिसंग इष्टली नेपाली समुदाय, उनीहरुले गरिरहेको सामाजिक काम, बेलायतमा भूतपूर्व गोर्खाहरुको अवस्था आदिबारे अवगत गराएका थिए ।
सो अवसरमा इष्टली एसोसिएसनका पदाधिकारी र दिदीबहिनीले ब्रिटिश पत्रकारहरुलाई दिवा भोज समेत गराएका थिए ।
इष्टली गोर्खा नेपलिज एसोसिएसनले बेलायत र नेपालमा अप्ठेरो समयमा सहयोग गर्दै आएको छ ।
उक्त संस्थाले हाइब्रीज फार्ममा आफ्ना सदस्यहरुको सहयोगमा सागसब्जी तथा फलफूल उत्पादन गरि स्थानीय इष्टली फुड बैंकलाई निशुल्क उपलब्ध गराउंदै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५