आइतबार, पुष २८, २०८१
04:05 | ०९:५०

रेडिङ नेपाली समाज यूकेले चुन्यो भिमसेन खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति

मणी सुवेदी अप्रिल ३, २०२३

लण्डन- रेडिङ नेपाली समाज यूकेको १२ औं महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनले भिमसेन खड्काको अध्यक्षतामा ०२३-०२४ का लागि २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।                                                   

जस अनुसार उपाध्यक्षहरुमा यादव श्रेष्ठ, प्रेम गुरुङ, सुरेशजंग थापा, कल्पना सुवेदी पन्डित र उदय घिसिङ, महासचिवमा ओमकार अधिकारी, सचिवमा भरत पौडेयाल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा चुनिएका छन् ।  

सदस्यहरुमा हरिमाया गुरुङ, विनस रिजाल, दुर्गा ढकाल, इन्दु सुब्बा, हिम्मत सिटौला, सुभास चापागाई, सुरेन्द्र उप्रेती, रोशन श्रेष्ठ, विक्रम श्रेष्ठ, चेत रेगामी, मिनकुमार गुरुङ, श्रया पौडेल तथा लक्ष्मण श्रेष्ठ गरि २३ जनाको टिम गठन भएको छ ।

महाधिवेशनमा संस्थाका महासचिव ओमकार अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै संस्थाको आयब्यय विवरण कोषाध्यक्ष सरोज थापा र लेखापाल विश्व पुडासनीले पेश गरेका थिए । 


निवर्तमान अध्यक्ष टेक गुरुङले अधिवेशनको अध्यक्षता गरेका थिए भने प्रमुख अतिथीमा संस्थाका सल्लाहकार विश्वआदर्श पन्डित र विशेष अतिथि राम गलामीमगर थिए ।

निर्वाचन अधिकृत कृष्ण अधिकारी, निर्वाचन सचिव सोब रेगामी, सदस्यहरु मान गुरुङ तथा जानकी कायस्थले निर्वाचन शान्त र सरल रूपमा सम्पन्न गरे ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए ।  


समाजका निवर्तमान अध्यक्ष गुरुङले कोभिडमा गरिएको कामले रेडिङ नेपाली समाजलाई सम्मानितसंगै भोलिन्यटरका रुपमा पुरस्कृत गराएको जनाए ।

उनले संस्थाको कामप्रति काउन्सिल, साउथ एसिया र अफ्रिकी मुलुका संस्थासहित १८० भन्दा धेरै नेपाली संस्थाले थाहा पाउनु चानचुने कुरा नभएको बताए ।

संस्थाका प्रमुख अतिथी विश्व आदर्श पन्डितले संस्थाले गरेको गतिविधिलाई उच्च मूल्याङकन गरिएको जनाउंदै भविष्यमा अझ नौला र रोचक काम लिएर आउने विश्वास व्यक्त गरे ।                                                  

संस्थाका विशेष अतिथि राम गलामीले समाज सबैको छाता संगठन भएको र यो संस्थामा जो कोही पनि आउने भएकोले यसको संभावना धेरै रहेको उल्लेख गरे । 


नवनिर्वाचित अध्यक्ष भिमसेन खडकाले सबैप्रति धन्यवाद व्यक्त गरे । उनले संस्थाले विशेष गरि युवाहरुलाई उपयुक्त हुने कार्यक्रम लिएर आउने, संस्थाको सम्पर्क कार्यालय खडा गर्ने लगायत अन्य काम द्रुत रूपमा गर्ने प्रतिवद्दता व्यक्त गरे । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू