आइतबार, पुष २८, २०८१
05:14 | १०:५९

एनआरएनए यूकेको विशेष अधिवेशन मे २१ मा

नेपाली लिङ्क अप्रिल १, २०२३


लन्डन । गैरआवासीय नेपाली संघ यूके दशौं कार्यसमितिको विशेष अधिवेशन आउंदो २१ मे आइतबार अल्डरसटस्थित एम्पायर हलमा गरिने भएको छ ।

बिहान ११ बजेदेखि हुने उक्त अधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयां नेतृत्व चयन र काउन्सिल अवधारणाबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शीता नाराको समिक्षा लगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने जानकारी अध्यक्ष प्रेम गाहामगरले दिएका छन् ।

विशेष अधिवेशनमा गैर आवासीय नेपाली संघ बेलायतका सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित एनआरएनए आइसीसीका पदाधिकारी लगायत केन्द्रिय पूर्व अध्यक्षहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको गाहामगरले बताए । 

पछिल्लो समय संस्थालाई केही स्वार्थी समूहले ध्वस्त पारेकाले यसको साख जोगाउन पनि अधिवेशनमा उल्लेख्य सहभागिता अपेक्षा गरिएको गाहामगरले बताए ।

उक्त विशेष अधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे गम्भीर छलफल हुने पनि जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू