सोमबार, मंसिर १०, २०८१
10:22 | १६:०७

विवादास्पद पेन्सन सुधार कानुन यसै वर्ष लागू गरिने फ्रान्सका राष्ट्रपतिको दाबी

रासस/सिन्ह्वा मार्च २२, २०२३

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ । तस्बिर- एएफपी

पेरिस, ८ चैत–फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले राष्ट्रव्यापी विरोधका बाबजुद सरकारको विवादास्पद पेन्सन सुधार यस वर्षको अन्त्यसम्ममा लागू होस् भन्ने चाहेको बताएका छन् ।
फ्रान्सको संवैधानिक अदालतले अझै आफ्नो अन्तिम निर्णय दिन बाँकी छ । तर राष्ट्रपति म्याक्रोँले सुधार ‘यस वर्षको अन्त्यसम्ममा लागू गर्न’ आवश्यक रहेको बताएका छन् ।
“हामी जति ढिला गर्छौं त्यति नै यो बेठिक हुनेछ । सुधार आवश्यक छ, यसले मलाई खुसी पार्दैन । म त्यसो नगर्न रुचाउँछु,” उनले भने ।
फ्रान्समा विपक्षी दलसहित ठूलो समूह पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै देशव्यापीरूपमा आन्दोलित भएको छ ।
“अल्पकालमा गरिने जनमत सर्वेक्षण र देशको सामान्य हितमध्ये कुनै एकलाई रोज्दा म देशको समसामयिक हितलाई रोज्छु,” म्याक्रोँले एक टेलिभिजन अन्तर्वार्तामा भने ।
“यदि आज अलोकप्रियता स्वीकार्नु आवश्यक छ भने म यसलाई स्वीकार गर्नेछु,” उनले भने । उनले सुधारका लागि देशलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको पनि बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू