आइतबार, पुष २८, २०८१
07:58 | १३:४३

‘च्याटजीपीटी’ ले साइबर अपराध बढाएको बेलायती फर्मको चेतावनी

रासस/एएफपी मार्च ८, २०२३

लण्डन, २४ फागुन–बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेस’ ले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याटजीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुन सक्ने चेतावनी दिएको छ ।

सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याटजीपीटी’लाई माइक्रोसफ्ट समर्थित ‘स्टार्ट अप ओपनएआई’ ले गत बर्ष नोभेम्बरदेखि सेवा सञ्चालनमा ल्याएको थियो ।

‘डार्कट्रेसले च्याटजीपीटीले थप चुनौतीहरूको प्रवेशमा बाधा कम गरेको भन्नेमा विश्वास गर्दैन’, फर्मले भनेको छ-‘तर यसले साइबर अपराध (फिसिङ इमेल) हरूको परिष्कार बढाउन मद्दत गरेको विश्वास गर्छ । यसले विरोधीहरूलाई अधिक लक्षित, व्यक्तिगत र अन्ततः, सफल आक्रमणहरू सिर्जना गर्न सक्षम बनाउँछ ।’

‘जेनेरेटिव एआई’ मध्येको च्याटजीपीटी एक उदाहरण हो जसले तथ्यांक र अनुरोधको आधारमा एक छवि, एक कविता, एक हजार–शब्द निबन्धजस्ता सामग्री सेकेन्डमा तयार पारी सेवाग्राहीलाई उपलब्ध बनाउन सक्छ ।

डार्कट्रेसले बुधबार भनेको छ, “च्याटजीपीटीले साइबर सुरक्षाका लागि जेनेरेटर एआईको प्रभावका बारेमा विषयलाई बाहिर ल्याएको छ ।”

यद्यपि, ‘च्याटजीपीटी’ जारी भएपनि आफ्ना ग्राहकहरूमाथि इमेल आक्रमणहरू जारी रहेको र दुर्भावनापूर्ण लिङ्कहरू भएकाको सङ्ख्यामा कमी आएको कम्पनीले जनाएको छ।

यसले ती इमेलहरूको विराम चिन्ह, वाक्य लम्बाइ र पाठ भोल्युमसहित ‘भाषिक जटिलता’ मा वृद्धि भएको जनाएको छ ।

यसले साइबर–अपराधीहरूले उनीहरूको ध्यान अधिक परिष्कृत सामाजिक इन्जिनियरिङ् अपराधहरू निर्माण गर्न पुनः निर्देशित गर्न सक्दछन् भन्ने सङ्केत गर्दछ र प्रयोगकर्ताको विश्वासको शोषण गर्दछ ।

डार्कट्रेसले बुधबार सार्वजनिक गरेअनुसार यसको खूद मुनाफा यसको वित्तीय वर्षको पहिलो छ महिनामा ८६ प्रतिशतले घटेर ५८ करोड १० लाख अमेरिकी डलरमा झरेको बताएको छ ।

डार्कट्रेसको शेयर ‘लण्डन मिड डे डिल’ मा १.२ प्रतिशतले बढेर २६७.१० पेन्स पुगेको छ, तर स्टक गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत घटेको छ ।

साइबर आक्रमणको सामना गर्न अत्याधुनिक मानव निर्मित बौद्धिक प्रविधि प्रयोग गर्ने कम्पनीले सन् २०२१ मा लण्डनको शेयर बजारमा लगानी गरेको थियो । यद्यपि समूहको खाताको चिन्ता र अमेरिकी निजी ‘इक्विटी फर्म थोमा ब्राभो’ ले सन् २०२२ मा आफ्नो अधिग्रहण चासो समाप्त गरेपछि गत डेढ वर्षमा शेयरमा गिरावट आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू