आइतबार, मंसिर ९, २०८१
14:38 | २०:२३

अभिनेत्री निशाको वैवाहिक सम्बन्ध ५ वर्षमै दरार, पतिसंग मागिन् अंश

रासस मार्च ५, २०२३

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो ।

अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन् ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् । उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू