आइतबार, पुष २८, २०८१
18:45 | ००:३०

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए वार्षिक प्रतिवेदन

रासस मार्च ५, २०२३

राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्ड’ आइतबार राष्ट्रपति भवन शीतलनिवासमा नेपाल सरकारको वार्षिक प्रतिवेदन बुझाउंदै । तस्बिर – प्रदीपराज वन्त/रासस

काठमाडौँ, २१ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ ।

सो अवसरमा मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू