जीआरएनसीले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने
लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । आगामी १२ मार्च आइतबार दिउँसो १२ देखि ४ बजेसम्म एम्पायर हल अल्डरसटमा कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रम सफल बनाउन कार्यसमिति बैठकले पांच जना सम्मिलित संयोजक समिति समेत बनाएको छ । कार्यक्रमको तयारी तीव्र भइरहेको अध्यक्ष मन गुरुङले जनाए । कार्यक्रमका लागि संयोजक लिला सेलिङ माबो, सहसंयोजक सुष्मा गुरुङ र सुशीला थापा एवं कोषाध्यक्ष श्याम श्रेष्ठ छन्।
जीआरएनसीले नारी दिवस इन्फर्मेसन डेका रुपमा मनाउंदै आए पनि यसपटक सशक्तिकरण र परिवर्तनमुखी कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए । जसमा मेडिटेसन, शारिरीक ब्यायाम, हिलिङ्ग, मेन्टल हेल्थ, स्ट्रोक, घरेलु हिंसा, क्यान्सर, सोसल मेडिया आदिबारे जानकारी दिने योजना छ ।
उक्त दिन डा जित तामाङ, निशा शर्मा, सुष्मा गुरुङ, अनुषा गुरुङ, सुशीला मगर, अलिजा गुरुङ र मन गुरुङले प्रवचन दिने कार्यक्रम छ । कार्यक्रममा निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ तर आफ्नो इच्छा अनुसार दान दिन सकिने संस्थाले जनाएको छ ।
चन्दाबाट संकलित रकममा खर्च कटाएर बाँकी रहे नेपालमा च्यारिटीमा खर्चिने कम्युनिटीको योजना छ ।
संस्थाले कार्यक्रममा सहभागी हुन आफ्नो नाम दर्ता गर्न समेत आग्रह गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५