आइतबार, पुष २८, २०८१
10:46 | १६:३१

नेपालमा आँखा शिविर गरि फर्किएका डा. विशाललाई बेलायतमा सम्मान

नेपाली लिङ्क मार्च १, २०२३

लन्डन । नेपालमा निशुल्क आँखा तथा स्वास्थ्य शिविर गरि फर्किएका डा. विशाल गुरुङलाई बेलायतमा सम्मान गरिएको छ ।

एनआरएनए यूके स्वास्थ्य विभाग संयोजक समाजसेवी चिकित्सक डा. गुरुङलाई मिनिस्टर अफ यूके फर युरोप एन्ड अमेरिका एमपी लियो डकर्टीसहित कम्युनिटी नेताहरुले बधाइसहित सम्मान गरेका हुन् ।

विशाल नेपालमा निशुल्क आँखा शिविर गरि हालै कर्मभूमि बेलायत फर्किएका थिए । शिविरको संयोजक थिए उनी ।

शिविरमा मोतीबिन्दूको शल्यक्रिया, चश्मा वितरण तथा अन्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त शिविर स्याङ्जाको पुतलीबजार नगरपालिकालाई मोतीबिन्दू मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत थियो । सो शिविरमा पहिला १४ दिन आंखाको परीक्षण गरिएको विशालले जनाए ।

१४ वटा वडामा २८ स्टेशन राखी परीक्षण गर्दा ३९२८ जनाले सुविधा पाएको उनी बताउंछन् । सो क्रममा ९२२ चश्मा बांडिएको थियो ।

गत फाल्गुन ४, ५ र ६ मा १५३ जना विरामीलाई मोतीबिन्दूको शल्यक्रिया प्रवन्ध मिलाइएको थियो । तर ५९ जना विरामी विभिन्न कारणले अप्रेशन गर्न आउन नसकेपछि ९४ जनाको शल्यक्रिया गरियो ।

डा. विशालका अनुसार, फाल्गुन ४, ५, ६ मा स्वास्थ्य शिविर गरि करिब ६०० बिरामीको परीक्षण गरि थप १९९ वटा चस्मा र करिब ५ लाख रुपैयां जतिको औषधि वितरण गरियो ।

नेत्र ज्योति संघ, रोटरी क्लब अफ हिमालय पाटन, हिमालय आँखा अस्पताल, भूपू सैनिक आवासीय मावि, पुतलीबजार नगरपालिका, स्याङ्जा जिल्ला अस्पताल, बीएम फाउण्डेशन, टीपिबी र तमू ह्यूंल छोज धींले शिविरका लागि विशेष सहयोग गरेका थिए । डा. विशालले तमु ह्यूंल छोज धींले खाना बस्न भरपुर सहयोग गरेको भन्दै धन्यवाद समेत दिए ।

मेयर तुलसी रेग्मीले शिविर उद्घाटन गरेका थिए भने समापन कांग्रेस उपसभापति सांसद धनराज गुरुङले गरेका थिए ।

विशालले भविष्यमा पनि अरु जिल्लामा समेत यस्ता शिविर लैजाने योजना रहेको बताए ।

आँखा शिविर सफल गराएर फर्किएको भन्दै डा विशाललाई थप हौसला र बधाई दिन अल्डरसटवासी समाजसेवी दिलरास गुरुङ र व्यवसायी विमला तामाङले समाजका अभियन्ताहरुलाई निमन्त्रणा गरि सम्मान गरे ।

सो क्रममा खाना र केक समेत काटिएको थियो । 

एमपी लियोले भविष्यमा पनि यस्तै राम्रो काम गर्नु भनि खादा लगाई हौसला प्रदान गरेका थिए।

कार्यक्रममा तमुधिं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङ लगायत युवा व्यवसायी अजय थापा, काउन्सिलर जीव बेल्बासे, वाइबीसीका निर्देशक योगेन क्षेत्री लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू