आइतबार, पुष २८, २०८१
20:49 | ०२:३४

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

रासस फ्रेब्रवरी २५, २०२३

काठमाडौं ।नेकपा (एमाले) ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू