आइतबार, पुष २८, २०८१
20:41
|
०२:२६
काठमाडौँ मेयर बालेन बेलायत आउने तयारी
नेपाली लिङ्क
फ्रेब्रवरी २३, २०२३
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह अर्को महिना बेलायत भ्रमणमा आउने भएका छन्।
मार्च १५ तारिख लन्डनमा शुरु हुने ‘हेल्दी सिटी समिट’ मा सहभागी हुनका लागि मेयर साहले लण्डन आउने तयारी गरेका हुन्।
सम्मेलनमा विश्वभरका प्रमुख शहरका मेयर तथा नगर प्रमुखहरुले भाग लिने अपेक्षा छ।
मेयर साहको बेलायत भ्रमणबारे बिहीबार महानगरको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको छ । कार्यपालिका बैठकले पारित गरेपछि उक्त प्रस्ताव मन्त्रिपरिषदमा पठाइनेछ।
मेयरको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ।
स्वतन्त्र उमेद्ववारी दिएर काठमाडौं महानगरमा मेयर निर्वाचित भएयता बालेनको यो नै पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। निजी भ्रमणका क्रममा भने यसअघि उनी इन्डोनेसिया गएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५