आइतबार, पुष २८, २०८१
10:06 | १५:५१

लन्डनस्थित अमेरिकी दूतावासमा शंकास्पद वस्तुले तालाबन्दी

रासस–एएनआई फ्रेब्रवरी २२, २०२३

लन्डन, १० फागुन–दूतावास भवन बाहिर शंकास्पद वस्तु भेटिएपछि सुरक्षालाई मध्यनजर गर्दै लन्डनस्थित अमेरिकी दूतावासमा केही समय तालाबन्दी गरियो ।
तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दूतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ ।

‘स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शङ्कास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन्’- लन्डनस्थित अमेरिकी दूतावासले ट्वीट गरेको छ।

यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू