कीभ, ८ फागुन–अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् ।
ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका छन् ।
राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासी आयोजना भएकाले यसले राजनीतिक तरंग थपेको छ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोका रूपमा हेरिएको छ ।