बेलायतको राष्ट्रिय टिमबाट यूरोपियन डुवाथलन च्याम्पियनसिपमा सहभागी हुँदै सन्तोष
लण्डन- कीर्तिमानी नेपाली धावक तथा ट्राइथलेट सन्तोष राई बेलायतको राष्ट्रिय टिम जीबीबाट यूरोपियन डुवाथलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
आगामी मार्च १८ मा इटालीको भेनिसमा हुने उक्त प्रतियोगितामा सहभागी हुन उनलाई AESN रिक्रुटमेन्टले प्रायोजन गर्ने भएको छ ।
उनी हाल सफल पोखरा म्याराथन र धरान रनमा सहभागी हुन र यूरोपियन च्याम्पियनसिपका लागि ट्रेनिङ गर्न नेपालमा छन् ।
अत्यन्त कठिन मध्येको एथलेटिक्स प्रतियोगिता डुवाथलन १० किमी दौड ४० किमी साइकल अनि फेरी ५ किमी दौड पुरा गरेर पुरा गरिन्छ । कम समयमा पुरा गर्ने पुरस्कृत हुने गर्छन् ।
यूरोपका व्यवसायिक खेलाडीहरुसंग प्रतिस्पर्धा गर्नु आफ्नो लागि चुनौती र अवसर रहेको सन्तोष बताउँछन् ।
बेलायत निवासी सन्तोष नेपाली भएर कर्मभूमि बेलायतको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी हुनु गौरवको कुरा रहेको बताउंछन् । आफूले भरपुर कोशिस गर्ने अठोट पनि उनको छ ।
यसअघि उनले अझ कठिन ट्राइथलन च्यालेन्जमा ११३ किलोमिटर (१.२ माइल (१.९ किमी) स्विमिङ, ५६ माइल (९० किमि साइकल र १३.१ माइल (२१.१ किमी) दौड प्रत्येक दिन ७ दिनसम्म लगातार पुरा गरेर £४२१० पाउण्ड च्यारिटी फन्डरेज गर्न सफल भएका थिए।
यो च्यालेन्ज पुरा गर्ने प्रथम नेपालीको रेकर्ड बनाएका छन् । राईले उक्त सहयोग शारीरिक रुपमा असक्त बालिका सिमाना राइको उपचारको लागि प्रदान गरेका थिए ।
यस अघि उनले विश्वका ६ वटै मेजर म्याराथन दौडिने पहिलो नेपालीको रेकर्ड, हिमालयन एक्स्ट्रीम च्यालेन्ज, कम्ति समयमा ट्राइथालन समापन गर्ने प्रथम नेपाली, करिब ३० बढी अन्तरास्ट्रिय म्याराथन र हज्जारौं दौड प्रतियोगितामा सहभागी भएका छन् ।
हाल दौड संस्कृति नेपाली समुदायमा फैलाएर स्वास्थ्य तन्दुरुस्ती चेतना फैलाउन ‘नेपाल रन’ नामक संस्थामार्फत निरन्तर लागेका छन् उनी ।
नेपाल रन नेपाल बाहिर रहेको नेपालीहरुको प्रथम अन्तरास्ट्रिय एथलेटिक्स क्लब हो । नेपालमा पनि यो संस्कृति प्रबर्धन गर्न उनले “धरान रन” स्थापना गरेका छन् भने नेवा च्यारिटीमार्फत सामाजिक काममा पनि उतिकै लागिपरेका छन् ।
प्रत्यक बर्ष धरान रन गर्ने राईको टिमले भर्खरै नेपालीहरुको आयोजनामा लन्डनमा ‘नर्थल्ट १० के’ इभेन्ट पनि गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५