सोमबार, पुष २२, २०८१
22:30 | ०४:१५

बेलायतमा पनि महाशिवरात्रिको रौनक (तस्विरहरु)

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२३

काठमाडौं। महाशिवरात्रि पर्व शनिबार भगवान शिवको पूजा आरधना गरी मनाइएको छ ।  

नेपालमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइंचो लागेको छ। विदेशमा रहेका नेपालीहरुले पनि आफ्नो हिसाबले शिवरात्रि मनाएका छन् ।  

बेलायतमा बस्ने नेपालीहरुले पनि शनिबार भगवान शिवको पूजा अराधानासहित महाशिवरात्री मनाए।

लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिर, अल्डरसटको शिव मन्दिर लगायतमा दर्शन गर्न सयौँको संख्यामा स्थानीय नेपालीहरु भेला भए। बेलायतका अन्य क्षेत्रमा पनि नजिकका हिन्दू मन्दिरहरुमा पुगेर नेपालीहरुले शिवरात्रीको पूजा आरधना गरेका छन्। 

लन्डन पशुपतिनाथ मन्दिरमा शिवरात्रिकै अवसर पारेर शिवलिंग स्थापना गरिएको छ।  

मन्दिरमा शिवरात्रि विशेष पूजा, आरती र भजनकिर्तन लगायतका कार्यक्रम दिनभर सञ्चालन गरिने मन्दिर व्यवस्थापन समिति अध्यक्ष दासुराम पाण्डेले जानकारी दिए।

उता, अल्डरसटमा शिव कल्चरल सेन्टरद्वारा सञ्चालित मन्दिरमा पनि बिहानैदेखि शिवको पूजा अराधाना गरिएको छ ।  

मन्दिरमा दर्शनको लागि सयौँ भक्तजनहरु आएको सेन्टर अध्यक्ष बाचस्पति रेग्मीले बताए।उक्त अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी भएका छन् ।

शिव मन्दिर अल्डरसट

शिव मन्दिर अल्डरसट

तस्विर: शिव भन्डारी/ बाचस्पति रेग्मी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू