युक्रेनलाई सैन्य सहयोग दोब्बर पार्न विश्व नेतामाझ बेलायती प्रमको प्रस्ताव
लन्डन-बेलायती प्रधानमन्त्री ॠषि सुनकले युक्रेनलाई अन्य मुलुकले प्रदान गर्दै आएको सैन्य सहायता दोब्बर पार्नुपर्ने प्रस्ताव गरेका छन्।
जर्मनीमा जारी विश्व नेताहरुको सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले युक्रेनको सैन्य क्षमता नेटो सेनाकै ‘लेभल’ मा उकास्नुपर्ने धारणा व्यक्त गरे।
प्रधानमन्त्री सुनकले विश्व नेताहरुलाई आव्हान गर्दै भने, ‘हामीले युक्रेनको लागि सैन्य सहायता दोब्बर पार्ने बेला आएको छ।’
युक्रेनको दिर्घकालिन सुरक्षालाई ध्यानमा राखेर सहयोग बढाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री सुनकले युक्रेनमा रशिया र पुटिनको भूमिकालाई गलत सावित गर्न जरूरी रहेको भन्दै त्यसका लागि युक्रेनी सेनाको क्षमता बढाउनुको विकल्प नरहेको जिकिर गरे।
सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि रशियाले युक्रेनमा मानवताविरोधी अपराध गरेको आरोप लगाएकी छन्।
सम्मेलन मुख्यत: रशिया- युक्रेन युद्धमा केन्द्रित रहेपनि अमेरिका र चीनबीच पछिल्लो समय बढेको तनावले पनि स्थान पाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५