आइतबार, पुष २८, २०८१
20:56 | ०२:४१

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

रासस फ्रेब्रवरी १८, २०२३

काठमाडौं, ६ फागुन- वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ ।

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्र सो वार्ड सञ्चालनमा ल्याउने बताए ।

विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियू), शल्यक्रिया कक्ष सञ्चालन गर्नेछौँ”, उनले भने, “अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।”

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू