आइतबार, पुष २८, २०८१
22:44 | ०४:२९

तीन कुलपतिले लिए पद तथा गोपनीयताको शपथ

रासस फ्रेब्रवरी १६, २०२३

तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू