बेलायतबाट नेपालमा उच्चस्तरीय भ्रमणको तयारी
काठमाडौं। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायतबाट नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेसँग भएको भेटवार्तामा उनले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको जानकारी दिइन्।
राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरूको उपस्थितिले नयाँपन आउने अपेक्षा व्यक्त गरेकी थिइन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार सम्पन्न भेटमा उनीहरुबीच नेपाल-बेलायत पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भयो।
बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै उनले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।
नवनिर्वाचित सभामुख घिमिरेले यसअघि भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५