बेलायतवासी गैह्रेको परदेशको कथा बोल्ने गीत सार्वजनिक
लण्डन । बेलायतमा ‘एक्लै एक्लै जीवन संग लड्न कहाँ सक्थें’ बोलको गीत सार्वजनिक गरिएको छ। डा.योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम ‘एक्लै एक्लै जीवन सँग’ को पहिलो म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।
उक्त गीतको म्यूजिक भिडियो लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । प्रमुख अतिथि ग्रीनवीच बरोका काउन्सिलर जीत राना भाटले म्यूजिक भिडियो विमोचन गरे ।
म्यूजिक भिडियो विमोचन गर्दै काउन्सिलर रानाभाटले एउटा पारिवारिक कथा र परिवेश समेटेर म्यूजिक भिडियो निर्माण गरेको भन्दै खुसी व्यक्त गरे ।
नेपालको पुखौली घर स्याङ्जा रहेका डा गैह्रेले आफूले भोगेको जीवनलाई ह्रदय छुने म्यूजिक भिडियोमा उतारेको भन्दै समग्र गीतको विषयमा बताएका थिए । बेलायतको साउथ ह्यान्टहममा सपरिवार बस्दै आएका गैरेले गीतमा आफैले स्वर दिएका छन् ।
गीत करुण थापाले सिर्जना गरेका हुन् । न्ह्यू बज्राचार्यको सगींत रहेको गीतको भिडियो प्रडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाकंन तथा फोटो/ भिडियो पत्रकार एज्रा श्रेष्ठले भिडियोलाई प्राविधक सहयोग गरेका छन् । त्यस्तै मोडेल सुरेश श्रेष्ठले भिडियो संयोजन गरेका छन् ।
गीतको निर्माता डागैह्रेपत्नी ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय र निर्देशन स्वंम डा योगेन्द्रकै छ । गैरेकै दुई छोराको अभिनय रहेको म्यूजिक भिडियोले प्रवासमा रहेर नेपालीहरुले पनि परिवारसगं कसरी जीवन व्यतित गर्छन् भन्ने वास्तविकता बोलेको छ ।
रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको गैह्रेले बताएका छन्। –शिव भन्डारी
भिडियो–
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५