आइतबार, पुष २८, २०८१
13:46 | १९:३१

बेलायतको अर्थतन्त्रमा सुधार  

रासस-एएफपी फ्रेब्रवरी १०, २०२३

लन्डन–बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ  जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनाएको छ ।  

ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो ।

अर्थमन्त्री जेरेमी हन्टले बेलायतले “मन्दीबाट जोगिन” गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि बढ्दो उच्च उपभोक्ता मूल्यबारेमा भने चेतावनी दिएका छन् ।

‘हामी अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर छैनौं र मुद्रास्फीतिको समस्या जटिल नै छ’, हन्टले भने । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू