आइतबार, पुष २८, २०८१
13:39 | १९:२४

युक्रेनी राष्ट्रपतिको बेलायत भ्रमण: राजा र प्रधानमन्त्रीसँग भेट, संसदमा सम्बोधन

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२३

लन्डन- रसियासंग युद्ध जारी रहेका बेला युक्रेनका राष्ट्रपति भ्लामदिर जेलेन्स्की बेलायत भ्रमणमा आएका छन् । पूर्व घोषणाबिना बुधबार बिहान लन्डन आइपुगेका राष्ट्रपति जेलेन्स्कीले बेलायती राजा चार्ल्स र प्रधानमन्त्री ॠषि सुनकलगायतसँग भेटवार्ता गरेका छन्।  

रसियासंगको युद्धपछि पहिलोपटक बेलायत आएका उनले बेलायती संसदमा समेत विशेष सम्बोधन गरेका छन् । त्यसक्रममा उनले पश्चिमा मुलुकहरुसँग फाइटर विमानहरु सहयोगका लागि गर्दै आएको आग्रह दोहोर्‍याएका छन्।

यसअघि राष्ट्रपति जेलेन्स्की लन्डन स्ट्यानस्टिड एयरपोर्ट उत्रिंदा उनलाई स्वागत गर्न बेलायती प्रधानमन्त्री ॠषि सुनक विमानस्थल पुगेका थिए।

रसिया युद्ध शुरु भएयता राष्ट्रपति जेलेन्स्कीको यो दोस्रो विदेश भ्रमण हो । यसअघि गत डिसेम्बरमा उनले अमेरिकाको भ्रमण गरेका थिए भने सोही भ्रमणबाट फर्किने क्रममा छिमेकी मुलुक पोल्याण्ड पनि पुगेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू