आइतबार, पुष २८, २०८१
05:22 | ११:०७

सभामुख घिमिरेले लिए राष्ट्रपतिसमक्ष शपथ   

रासस जनवरी २०, २०२३

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय, शीतल निवासमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर-प्रदीपराज वन्त/रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएकी हुन् । 

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । 

सो अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता थियो । घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू