सोमबार, पुष २९, २०८१
18:45 | ००:३०

तमुधिं यूके कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष कमललाई

नेपाली लिङ्क जनवरी १२, २०२३

लन्डन- तमुधिं यूकेका उपाध्यक्ष कमल कोने गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।  

अध्यक्ष हरि गुरुङले आफू नेपाल जाने भएकाले तीन साताको लागि उपाध्यक्ष गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएका हुन् ।  

अध्यक्ष गुरुङले बुधबार एक वक्तव्य जारी गर्दै यही जनवरी १३ देखि फेब्रुअरी ३ तारिखसम्म उपाध्यक्ष कमल गुरुङलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको जनाएका छन् ।  

अध्यक्ष गुरुङसहित कार्यसमितिका कयौं पदाधिकारी नेपालमा रहने भएकाले उक्त अवधिमा कार्यवाहक अध्यक्ष नियुक्त गरिएको हो ।  

अध्यक्ष गुरुङले सबै संघसंस्था र तमुधिं यूकेका ईकाइ तथा सदस्यहरुलाई ‘सोहीअनुसार बुझ्न बुझाउन ’ समेत आग्रह गरेका छन्।

कार्यवाहक अध्यक्ष नियुक्त गुरुङ तमुधिं यूकेको हालै निर्वाचित कार्यसमितिका उपाध्यक्ष हुन्। त्यसअघिको कार्यकालमा उनले संस्थामा कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए।

कार्यवाहक अध्यक्षको रुपमा संस्थालाई नेतृत्व गर्ने अवसर आफूलाई प्रदान गरेकोमा गुरुङले अध्यक्ष र कार्यसमितिप्रति आभार प्रकट गरेका छन्।  

अध्यक्षको अनुपस्थितिमा पनि संस्थागत गतिविधि र सक्रियतालाई सुचारू राख्ने उनको प्रतिवद्धता छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू