सोमबार, पुष २९, २०८१
23:22 | ०५:०७

ल्होछार उत्सव पारेर तमु समाज यूकेको ग्रह शान्ति शुद्धीकरण पूजा

नेपाली लिङ्क जनवरी २, २०२३

लन्डन । तमु समाज यूकेले ३१ डिसेम्बर शनिबार तमुहरुको महान पर्व ल्होछार/ल्होसारका अवसरमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरेको छ ।

तमु समाज यूकेको आफ्नै भवन लन्डनस्थित बरहाम पार्क वेम्बलीमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा भएको हो । सो अवसरमा बाघ वर्गलाई बिदाई र बिरालो वर्गलाई स्वागत गरियो ।

बिहान ११ बजे शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको उक्त कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, सल्लहाकारहरु, आजीवन सदस्यहरु लगायत समाजका जेष्ठ नागरिक देखि युवा तथा बालबलिकाको उल्लेख्य उपस्थिति थियो ।

समाजका सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्वमा आयोजना गरिएको उक्त ग्रह शान्ति तथा शुद्धीकरण पूजा अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति उमा देवी गुरुङद्वारा संयुक्त रुपमा द्वीप प्रज्ज्वलन र छ्योक अर्पणगरि आरम्भ गरेका थिए।

पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका महासचिव धरमबल गुरुङ र धार्मिक संयोजक हरिमान गुरुङले गरेका थिए । धर्म गुरुहरू रङजङ यासे ओडियाना यूके बुद्धिष्ट सेन्टरका मूल लामा गुरु श्रद्धेय द्रुब्ला लाङ्गृग साङ्पो, लामा गुरु दिनेश गुरुङ र सहयोगी रविन्द्र लोसालले धार्मिक विधि विधान अनुसार ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरे । द्रुब्ला लाङ्गृग साङ्पो गुरुले ग्रहा शान्ति र शुद्धीकरण पूजाबारे प्रवचन दिएका थिए ।

पूजा कार्यक्रम समापनका अवसरमा संस्थाका महासचिव धरम बल गुरुङले धर्म गुरुहरु, पूजा संयोजक हरिमान गुरुङ र पूजा कार्यक्रममा स्वतस्फूर्त भोजन दाता, द्रब्यदाता र सहभागी सबैलाई धन्यवाद दिए ।

त्यसै गरि महासचिव गुरुङले तमु समाज यूकेले यही जनवरी ७ तारिक २०२३ शनिबार ह्यारो लेजर सेन्टरमा हर्षोल्लासका साथ तमु ल्होछार/ल्होसार उत्सव मनाउने तयारी गरेको जानकारी दिंदै सबैलाई सहभागिताका लागि अनुरोध गरेका छन् । –नारायण सिं गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू