शनिबार, मंसिर ८, २०८१
17:01
|
२२:४६
संविधान संशोधन नेपाल राजपत्रमा
रासस
जुन १९, २०२०
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ ।
संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ ।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ ।
यो संशोधनपछि भारतबाट अतिक्रमित नेपाली भूमीसहितको नक्सा नेपालको आधिकारिक निशान छापमा समावेश भएको छ ।
संविधान संशोधनको प्रस्तावलाई प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५