सोमबार, मंसिर १०, २०८१
10:21
|
१६:०६
भारतमा कोरोनाबाट एक दिनमै १४ हजार भन्दा बढी संक्रमित
भारतमा कुल सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख ८१ हजार पुगेको छ ।
नेपाली लिङ्क
जुन १९, २०२०
कोरोना भाइरस (कोभीड १९) को संक्रमण हुनेको संख्या भारतमा एकै दिनमा १४ हजार नाघेको छ । भारतमा कुल सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख ८१ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतको नयाँ दिल्ली, महाराष्ट्र र उत्तरप्रदेशमा सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रमा पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ५२ जना नयाँ सङ्क्रमित भएका छन् । राजधानी नयाँ दिल्लीमा दुई हजार ८ सय ७७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
भारतमा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या दुई लाख पार हुँदा एकै दिन १४ हजार ५२ नयाँ सङ्क्रमित पनि थपिएका हुन् ।
कोरोना सङ्क्रमणबाट भारतमा १२ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको वर्ल्डओमिटरले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ