आइतबार, पुष २८, २०८१
11:59 | १७:४४

प्रभु साहले खोले आम जनता पार्टी   

रासस डिसेम्बर २९, २०२२

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।

भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए ।

यसैबीच, साहको अध्यक्षतामा बसेको विस्तारित वैठकले स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सहभागी भई स्वतन्त्र उम्मेदवार जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आमजनता पार्टीको अन्तरिम विधान २०७९ पारित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू