आइतबार, पुष २८, २०८१
13:07 | १८:५२

प्रधानमन्त्री दाहाललाई अमेरिका र पाकिस्तानको बधाई

रासस डिसेम्बर २६, २०२२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर रासस

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन् ।
राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ ।”
उता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि प्रचण्डलाई नेपालको प्रधानमन्त्री नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै “क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध छ । हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु”, भनेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू