सोमबार, पुष २९, २०८१
23:24 | ०५:०९

बेलायतमा नेपाली बेपत्ता प्रकरणः हत्या आशंकामा दोश्रो व्यक्ति पनि पक्राउ

नेपाली लिङ्क डिसेम्बर २५, २०२२

लन्डन। प्रहरीले १ डिसेम्बरदेखि अल्डरसटबाट हराइरहेका किरण पुनको हत्या आशंकामा दोश्रो व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले २९ वर्षीय एक युवालाई फ्लीटबाट पक्राउ गरि कष्टडीमा राखिएको जनाएको छ ।

डिटेक्टिभ इन्सपेक्टर होवार्ड ब्रोडरिवले आफूहरुले किरण कहां हुन सक्छन् र के भएको थियो पत्ता लगाउन कडा परिश्रम गरिरहेको बताएका छन् । उनले किरणबारे जतिसुकै सामान्य जानकारी भएपनि त्यो अनुसन्धानमा महत्वपूर्ण हुने बताए ।

यसअघि हयाम्पसायर तथा आइल अफ वाइट प्रहरीले गत शुक्रबार किरण पुनको हत्या आशंकामा ३६ वर्षीय एकजनालाई अल्डरसटबाट पक्राउ गरेको थियो ।

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएका थिए । त्यसयता उनी बेपत्ता छन् ।

किरणको खोजी कार्यमा प्रहरी र नेपाली समुदाय जुटेका छन् । आइतबार अल्डरसट नजिकको जंगलमा चारजना प्रहरीसहित परिवारजन, एम्सबरी नेपाली कम्युनिटी, ग्रेटर रसमुर नेप्लिज कम्युनिटी र एनआरएनए यूके पदाधिकारी खोजीमा जुटेका थिए ।

५ फिट ८ इन्च अग्ला उनको पातलो जीउ, कालो छोटो कपाल, खैरो आंखा र चिउंडोमा दाग रहेको प्रहरीले बताएको छ ।

प्रहरीले किरणलाई देखेका वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेका छन् । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू