सोमबार, पुष २९, २०८१
23:30 | ०५:१५

बेलायतमा बेपत्ता नेपाली युवाको हत्या आशंकामा अल्डरसटबाट एक पक्राउ

नेपाली लिङ्क डिसेम्बर २३, २०२२

लन्डन । गत १ डिसेम्बरदेखि हराइरहेका एक नेपाली युवा किरण पुनको हत्या आशंकामा हयाम्पसायर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

किरणको हत्या गरेको आशंकामा अल्डरसटस्थित ३६ वर्षीय एक मानिसलाई गिरफ्तार गरिएको हयाम्पसायर तथा आइल अफ वाइट प्रहरीले शुक्रबार सांझ एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका व्यक्ति अहिले प्रहरी ‘कष्टडी’ मा छन् ।

डिटेक्टिभ इन्सपेक्टर होवार्ड ब्रोडरिवले प्राप्त सूचनाका आधारमा ति व्यक्तिलाई पक्राउ गरिएको र यस गिरफ्तारीले किरणको अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

किरण १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएको प्रहरीले बताएको छ । त्यसयता उनी बेखवर छन् ।

प्रहरीले किरणलाई देखेका वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेका छन् । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ । यो वेवसाइटमा गएर पनि प्रहरीलाई जानकारी उपलब्ध गराउन सकिनेछ ।

किरणको अल्डरसट, फार्नबरो, बेजिङस्टोक र एण्डोभरमा सम्पर्क थियो । ५ फिट ९ इन्च उचाईं भएका किरणको कालो छोटो कपाल, खैरो आंखा र सानो अनुहार छ । उनको चिउंडोमा खत समेत छ ।

बेलायतको वील्सायर एम्सबरीवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका हुन् । उनको स्थायी घर पोखरा हो ।

सिसिटिभी फुटेजमा किरण । तस्बिर- हयाम्पसायर तथा आइल अफ वाइट प्रहरी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू