आइतबार, पुष २८, २०८१
11:40 | १७:२५

शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन प्रतिवन्ध

रासस डिसेम्बर २३, २०२२

काठमाडौं विमानस्थलबाट फ्रान्स उड्ने क्रममा शोभराज । तस्बिर एएफपी

काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ ।

अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो ।

सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो ।

कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी आज बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिए ।

उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) सर्वोच्चको आदेश थियो ।

उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो ।

उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू