साहित्य विकास परिषद् यूकेमा पुन: कोमल मल्ल
लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको २७औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १३औँ कार्यकारिणी समिति चयन गरेको छ ।
वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट कोमलप्रसाद श्रेष्ठ मल्ल फेरी अध्यक्ष निर्वाचित भएका छन् ।
कुल २५ सदस्यीय नयाँ कार्यसमितिमा ध्रुव केसी वरिष्ठ सह-अध्यक्ष र चार जना सह-अध्यक्षमा वसन्त रायक्षेत्री, रेशम अर्याल, डा. सुधा श्रेष्ठ र गोकुल भण्डारी चुनिएका छन् । दुई उपाध्यक्षमा वाचस्पति रेग्मी र डम्बर सिंह ‘प्रयास’ छन् ।
यसैगरी वीरेन्द्र कुँवर महासचिव, मनोज अन्जान वरिष्ठ कोषाध्यक्ष, डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ सह-महासचिव र एभरेष्ट गौतम सचिव निर्वाचित भएका छन् ।
परिषदको कार्यकारिणी सदस्यहरूमा हरि केसी, कल्पना आङ्बुहाङ, सुमेर ज्ञवाली र वासुदेव सापकोटा छन् । पछि पूर्ति गर्ने गरी केही कार्यकारिणी पद रिक्त राखिएका छन् ।
मिडिया कोअर्डिनेटरको जिम्मेवारी नवीन पोखरेल, नरेश खापाङ्गी मगर र शिव भण्डारीलाई दिइएको छ ।
यसैगरी १५ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबिई (प्रमुख सल्लाहकार) सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, महन्त श्रेष्ठ, घनबहादुर थापा मगर, डा. गोपाल पौडेल, कृष्ण भट्ट, विजय थापा, डा. जनककुमारी धिताल, सोलिसिटर राजु थापा, कमल भण्डारी, हिन्दमैया बैद्य र बालजंग अर्याल रहेका छन् ।
साधारण सभाले कार्यसमितिको निर्वाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा पूर्व अध्यक्षद्वय हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकार मदन थापा रहेको चार सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । नव निर्वाचित पदाधिकारीहरूको पद शुसोभन अर्को कार्यक्रममा गरिने भएको छ ।
यस अघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वरा प्रस्तुत आर्थिक प्रतिवेदन र महासचिव वीरेन्द्र कुवँरद्वारा तयार पारिएको वार्षिक प्रगति प्रतिवेदनमाथि बुँदागत छलफल गरी पारित गरेको थियो ।
यसैगरी साधारण सभाले परिषद्को सन् २०२० मा आफ्नो पच्चीसौँ स्थापना दिवसका अवसरमा स्थापित गरेको विशिष्ट रजत महोत्सव अभिनन्दन पदक पुरस्कार आगामी सन् २०४५ मा पुग्ने हिरक महोत्सवसम्म नेपाली भाषा साहित्य, कला र पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुरयाएका व्यक्तित्वमध्ये हरेक वर्ष दुई जनालाई प्रदान गर्दै जाने निर्णय गरेको छ ।
साधारण सभाले यस वर्षको ‘नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन साहित्य पदक पुरस्कार’ समाजसेवी विजय थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
थापाले परिषद्को स्थापनाकालदेखि आवद्ध रही संस्थागत प्रकाशनमा विशेष योगदान पुरयाउनुका साथै लन्डनमा नेपाली रेडियो तथा टिभी सञ्चालन गरेका थिए ।
उनले स्थापनाकालदेखि दशकौँसम्म परिषद्को लालिगुँरास साहित्यिक पत्रिका तथा यती संस्थाको यतीपत्र प्रकाशन सम्पादन मण्डलमा रही बेलायतमा नेपाली भाषा साहित्यको समृद्धि तथा प्रसारमा प्रशंसनीय योगदान पुरयाएवापत परिषदका पूर्व कार्यकारिणी तथा प्रकाशन सम्पादन मण्डलका सदस्य तथा यती संस्थाका पूर्व महासचिव सञ्चारकर्मी समाजसेवी विजय थापालाई प्रदान गर्ने निर्णय भएको हो ।
उता, ‘नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन् साहित्य कला पदक पुरस्कार’ गीतसङ्गीतको क्षेत्रबाट नेपाली साहित्य विकास परिषदमा सक्रिय सहभागिता राख्दै आएका कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका पूर्व कार्यकारिणी पदाधिकारी वरिष्ठ कलाकार डम्वर सुब्बालाई प्रदान गरिने भएको छ ।
बेलायतमा कलाकारिताको माध्यमबाट नेपाली भाषा साहित्य, गीतसङ्गीतको श्रीवृद्धि र प्रसार प्रचारमा उल्लेखनीय योगदान पुरयाएवापत प्रदान गर्ने निर्णय गरिएको हो । यी दुबै पुरस्कार आगामी नेपाली नयाँ वर्षका अवसरमा परिषदद्वारा आयोजना हुने कार्यक्रममा दिइने छ ।
साधारण सभाले परिषद्का भर्चुअल कार्यक्रमहरूमा कोलकता भारतबाट साहित्य तथा गीतसङ्गीत संयोजनमा सक्रियरूपले सहयोग र सहभागिता राख्दै आएका जानकीमाता धार्मिक संघका अध्यक्ष गुन्जादास श्रेष्ठ र साँस्कृतिक सचिव कलाकार सुश्री सन्तोषी कार्कीलाई परिषद्को मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरेको छ ।
साधारणसभाले १२औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रममा सक्रियरूपले लागिपर्ने कार्यसमितिका पदाधिकारी, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू, परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार यूकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, श्री जानकी माता धार्मिक संघ कोलकत्ता, भारतका अध्यक्ष तथा पदाधिकारीहरू, र आर्थिक तथा भौतिक सहयोग गर्ने डा. राघवप्रसाद धिताल ओबिई, डा. जनककुमारी धिताल, मीनू छिब्बर, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, महन्त श्रेष्ठ, घन बहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, रेशम अर्याल, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, सीतु खरेल, वाचस्पति रेग्मी, नवीन पोखरेल, शिव भण्डारी लगायत सबैको सहयोगका सराहना गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ ।